अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशद्धारा भोटको अपील

बिआरटीनेपाल २०७७ वैशाख १५ गते ७:५० मा प्रकाशित

अमेरिकन आइडलमा सहभागी नेपाली गायक दिवेश पोख्रेललाई अगाडि बढ्न अब भोट चाहिने भएको छ। उक्त प्रयोजनका लागि बिभिन्न तीन माध्यमबाट भोट गर्न सकिने बताईएको छ ।

सन्देश पठाएर, वेवसाइटबाट र अमेरिकन आइडलको एपलाई डाउनलोड गरेर दिवेशलाई भोट गर्न सकिनेछ । एकजनाले ३० पल्ट भोट गर्न मिल्ने व्यवस्था रहेको छ। दिवेशले भिडियो सन्देश जारी गरी अहिलेसम्मको सांगीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

दिवेश अमेरिकन आइडलको १८ औँ सिजनमा सहभागी भएका हुन्। ‘आर्थर गन’ को रुपमा परिचित पोख्रेल पाँच वर्ष अगाडि अमेरिका पुगेका थिए । हाल अमेरिकाको कान्सास राज्यमा बस्ने उनी काठमाडौँमा हुर्केका हुन्।

अमेरिकन आइडलको छनौटमा नै उनले निर्णायकहरु प्रतिष्ठित संगीतकर्मी केटी पेरी, ल्युक ब्रायन र लियोनल रिचिको तारिफ बटुलेका छन् । अमेरिकन आइडलसम्मको यात्रा तय गर्ने क्रममा दिवेशले केही नेपाली गीत पनि गाएका छन् । उनले आफ्ना गीतहरु स्टेज नेम आर्थर गन नामक युट्युब च्यानलमा हेर्न सकिने बताएका छन् ।

प्रतिक्रिया