अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

एमाजनले कर्मचारीका लागि आफ्नै परीक्षण ल्याब बनाउँदै

नेपालय २०७७ वैशाख १ गते २०:२० मा प्रकाशित

अमेरिका, अमेरिकी खुद्रा अनलाइन कम्पनी एमाजनले कर्मचारीहरूको स्वास्थ्य अवस्था निगरानी गर्न आफ्नै कोरोना भाइरस परीक्षण ल्याब बनाउने भएको छ । अमेरिकाभर कम्पनीका ५० भन्दा बढी एकाइमा को भिड–१९ का बिरामी देखिएका छन् ।

केही कर्मचारीबाट अन्य कर्मचारीमा समेत संक्रमण सरेको पाइएको छ । यस्तोमा कम्पनीले आफ्नो एसेम्बल्ड टोलीलाई ‘इन्क्रिमेन्टल’ परीक्षण क्षमता निर्माण गर्न भनेको छ । यस अघि भने कोरोना भाइरसको महामारीमा सुस्त प्रतिक्रिया जनाएको र कामदारको सुरक्षालाई बेवास्ता गरेको भन्दै कर्मचारीहरूले कम्पनीको आलोचना गरेका थिए । मार्चमा सुरक्षा उपाय कमजोर रहेको भन्दै न्यूयोर्कमा गोदाम घरमा प्रदर्शनको आयोजना गर्ने एक कर्मचारीलाई एमाजनले कामबाट निकालेको थियो । कोरोना भाइरसको प्रतिक्रियामा कम्पनीले १५० भन्दा बढी उल्लेख्य प्रक्रियागत परिवर्तन गरेको बताइएको छ ।

कम्पनीको सञ्चालन साइट र किराना पसलहरूमा हरेक कर्मचारीहरूलाई मास्क वितरण गरिएको छ भने कर्मचारीको तापक्रम चेक जाँच हुने गरेको छ । अर्को चरणमा भने कम्पनीले सबै कर्मचारीहरूको नियमित परीक्षण गर्ने एक विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी स्तरमा सबै उद्योगमा नियमित परीक्षण गर्दा मानिसहरू सुरक्षित रहने र आर्थिक गतिविधि समेत नियमित सञ्चालनमा टेवा पुग्ने कम्पनीको भनाइ छ । परीक्षण स्रोत सीमित भएकोले कम्पनीले एसेम्बली टोलीका कर्मचारीहरूलाई आफ्नै परीक्षण एकाइ विकास गर्न आदेश दिएको छ । ‘पहिलो ल्याब बनाउन चाहिने उपकरणहरूको एसेम्बलिङ सुरु भइसकेको छ र फ्रन्ट लाइनमा बसेर काम गर्न कर्मचारीहरूको सानो समूहमा परीक्षण सुरु गर्ने आशा गरिएको छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

विद्यमान अवस्था कहिलेसम्म अगाडि बढिन्छ भन्नेबारे सुनिश्चित नभएको तर कोसिस गर्नु उपयुक्त ठानिएको समेत विज्ञप्तिमा उल्लेख छ । कर्मचारीको सुरक्षामा पर्याप्त ध्यान नदिएको भन्दै अमेरिकी पेशाकर्मी सुरक्षा र स्वास्थ्य प्रशासनले एमाजनको एउटा एकाइमा अनुसन्धान गरिरहेको भन्दै केही दिनअघि मात्रै ब्लुम्बर्गले समाचार छापेको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू