अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

चलचित्र कलाकार सङ्घद्वारा कोरोना नियन्त्रण कोषमा रु एक लाख एक हजार सहयोग

बिआरटीनेपाल २०७६ चैत १६ गते १६:५८ मा प्रकाशित

काठमाडौँ, नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा नेपाल चलचित्र कलाकार सङ्घले एक लाख एक हजार रूपैया प्रदान गर्ने निर्णय भएको एक वक्तव्य मार्फत जानकारी गराउनु भएको छ ।

वक्तव्यको पूर्ण पाठ:
को भिड-१९कोरोनाको सङ्क्रमणको विषम परिस्थितिमा सम्पूर्ण मानव जाती आतङ्क बनेको छ । यो परिस्थितिबाट आफू बच्न र अरूलाई पनि बचाउन निर्धारित सुरक्षाका उपाय अवलम्बन गर्नु बाहेक अरू केही विकल्प छैन । आफू बच्न क्वारेन्टाइनमा बस्ने,साबुन पानीले हात धुने वा सेनेटाईजर प्रयोग गर्ने ,कसैलाई सङ्क्रमणको लक्षण देखिएमा वा शङ्का लागेमा तोकिएको निकायमा खबर गर्ने , अस्पताल लैजाने आदि सजगता रचेतनाकालागि हामी सक्रिय भएर उच्च मनोबलका साथ लाग्नु समयको आवश्यकता बनेको छ ।कोरोनाको संक्रमणबाट विश्वमा लाखौँ मान्छेको जीवन जोखिममा परेको छ भने हज़ारौौ मान्छेको प्राण गइसकेको छ ।

नेपालमा पनि कोरोना संक्रमण बचाउका लागि राज्य र नागरिक तहबाट विभिन्न उपाय अवलम्बन भइरहेका छन् । नागरिकको जीवन जोखिममा नपरोस् भनेर सरकारले लक डाउन गरेको छ । हामी अहिले लक डाउनको अवस्थामा छौ ।लक डाउनको अभियानलाई हामी सबैले सहयोग गर्नु गराउनु मानवता रक्षाका लागि धर्म हुन आउँछ ।

आफ्नो साधन श्रोत र क्षमताले भ्याए सम्म सरकार नागरिकको सुरक्षा र वचांउका लागि प्रयत्नशील छ ।जिम्मेवार सरकारी अधिकारी,राष्ट्र सेवक,सुरक्षा निकाय,सञ्चार कर्मी ,स्वास्थ्य कर्मीहरूको लगन र निष्ठालाई अहिलेको सन्दर्भमा मुक्तकण्ठले प्रशंसा गर्नु पर्दछ ।

देशमा आई परेको हरेक विषम परिस्थितिमा नेपाल चलचित्र कलाकार सङ्घ देश र जनताका लागि विगतमा पनि योगदान र सहयोग गर्दै आईरहेकोछ । वर्तमान अवस्थामा पनि सहयोगी भूमिका निर्वाह गर्नु सङ्घको धर्म एवं कर्तव्य हुन आउँछ ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष श्री रबिन्द्र खड्काज्यूको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूको सहमतिमा सरकारले स्थापना गरेको राहत कोषलाई रू १०१०००/-(एक लाख एक हजार)प्रदान गर्ने निर्णय भएको छ ।

साथै लक डाउनको अवधिमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाइ दिदीबहिनीहरू का साथै श्रमिक चलचित्र कर्मीहरू पनि समस्यामा पर्न आएको थाहा हुन आएकाले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौ ।

मोहन निरौला
उपाध्यक्ष तथा प्रवक्ता
नेपाल चलचित्र कलाकार संघ

प्रतिक्रिया