अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

स्नतधारी जनावर पैंगोलिनमा कोरोनासँग मेल खाने भाइरस भेटिएको पुष्टि

बिआरटीनेपाल २०७६ चैत १३ गते २२:५० मा प्रकाशित

चीनमा तस्करी गरेर ल्याइएको पैंगोलिनमा कोरोनासंग मेलखाने भाइरस भेटिएको पुष्टि भएको छ । अधिकारहिरुले यो स्तनधारी जनावरमा सम्पूर्ण रुपमा कोरोना भाइरससँग मेल खाने भाईरस पाईएको बताएका छन् । । जानकारहरुका अनुसार भविष्यमा यस किसिमको संक्रमण हटाउनु छ भने जंगली जीव जनावरको बजारमा बिक्री पूर्ण रुपमा रोक लगाउन आवश्यक छ।

पैंगोलिन स्तनधारी जीव हो जसको मासु खाना र पारम्परिक औषधिको रुपमा प्रयोग हुन्छ । यो अधिक तस्करी हुने मध्येको एक जीव हो । यसअघि, चमेरोलाई कोरोना भाइरसको मूल श्रोत रहेको दाबी गरिएको थियो ।

नेचर जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान पत्रमा अनुसन्धानकर्ताले भनेका छन्, ‘उनीहरुको आनुवंशिक डाटाले यो देखाउँछ कि यी जनावरमाथि अतिरिक्त निगरानी अपनाउनुपर्छ र बजारमा यसको बिक्रीमा कडा प्रतिबन्ध लगाउनुपर्छ ।’

अनुसन्धानकर्ताका अनुसार चीन र दक्षिण पूर्व एशियाको जंगलमा पाइने पेंगोलिनमा अतिरिक्त निगरानी राख्नुपर्ने आवश्यकता छ किनभने कोरोना भाइरस जन्माउनमा उनीहरुको भूमिका र भविष्यमा मानिसहरुमा त्यो संक्रमणको खतराबारे एउटा निश्चित बुझाई पत्ता लगाउन आवश्यक छ । यो जीवको छाला एशियामा पारम्परिक चिनियाँ औषधी बनाउन विशेष माग हुन्छ । पेंगोलिनको मासु निकै स्वादिष्ट मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू