अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

‘कमेडी च्याम्पियन’ को उपाधि हिमेश पन्तलाई

बिआरटीनेपाल २०७६ चैत १ गते ८:२१ मा प्रकाशित

नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन् । शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि जितेका हुन् । विजेता पन्तले २५ लाख नगद र कार प्राप्त गरेका छन्।

प्रतियोगिताको फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए । कोईराला र मगरलाई पछि पार्दै पन्तले उपाधि जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू