अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

नारी शक्तिका पाइला” कृतिको अन्तरक्रिया

बिआरटीनेपाल २०७६ माघ १८ गते १३:४८ मा प्रकाशित

शङ्कर लामिछाने प्रतिष्ठानले २०७६ माघ १७ गते बोका भात रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा सर्जक रत्नलक्ष्मी श्रेष्ठको “नारी शक्तिका पाइला” चिन्तनपरक लेख सङ्ग्रह कृतिको लोकार्पण समारोहको आयोजना गर्‍यो । वरिष्ठ साहित्यकार एवं गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको प्रमुख आतिथ्ययतामा सम्पन्न सो कार्यक्रम शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले पुस्तकबारे विशेष मन्तव्य राख्नु भएको थियो । यसै गरी साहित्यकारहरू युवराज नयाँ घरे, बाबा बस्नेत, सरिता अर्याल, अध्यक्ष राधेश्याम लेकालीलगायतले पनि सो पुस्तकबारे आआफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि हिरण्यकुमारी पाठकले पुस्तक उपयोगी रहेको र पढ्नै पर्ने पुस्तक रहेको बताउनु भएको थियो।

शङ्कर लामिछाने प्रतिष्ठानबाट प्रकाशित सो पुस्तकले नेपाली महिलाको अवस्थालाई उजागर गरेको छ । सोही कार्यक्रममा अनेसासका केन्द्रीय उपाध्यक्ष शान्तिराम ढकाल, अनेसास क्यालिफोर्निया च्याप्टरका अध्यक्ष डन कार्की, वासिङ्टन डी. सी. अमेरिकाबाट आउनु भएका DC Nepal का पत्रकार खेम भट्टचन र हङकङका साहित्यकार शिव प्रधानलाई स्वागत सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरू विमल भौकाजी, ध्रुव मधिकर्मी, डा. शान्तिमाया गिरी, जयदेव गौतम, सुमन वर्षा, कमला रिसाल, अर्जुन थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू