अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

अन्तर्राष्ट्रिय बुद्ध शिक्षा केन्द्र म्यानमारका प्रमुख नेपालमा

बिआरटीनेपाल २०७६ पुष २६ गते १०:१० मा प्रकाशित

काठमाडौँ । युनिभर्सल पिस फेडेरेसन नेपालको निमन्त्रणमा अन्तर्राष्ट्रिय बुद्ध शिक्षा केन्द्र म्यानमारका प्रमुख राष्ट्रिय भिक्षु डा. सोमिताको नेतृत्वमा २१ सदस्सीय टोली नेपाल आई पुगेको छ । शुक्रवार युनिभर्सल पिस फडेरेसनले नक्सालमा एक कार्यक्रम गरी उनीहरूलाई स्वागत गरेको छ । कार्यक्रम पछि बोल्दै राष्ट्रिय भिक्षु डा. सोमिताले नेपाल र म्यानमारको सम्बन्धलाई जन स्तरबाटै राम्रो बनाउँदै विश्व शान्ति स्थापनाको लागि सँगै अगाडि बढ्नुपर्नेमा बताए ।

दुई देशको सम्बन्ध महत्त्वपूर्ण रहेको बताउँदै डा. सोमिता गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने र नेपाल शान्ति भूमि रहेको म्यानमार भर प्रचार गर्ने बताए ।

सो अवसरमा संविधान सभा सदस्य मिलन कुमारी राजवंशी, शान्ति र विकासका लागि अन्तर धार्मिक सङ्घ नेपालका अध्यक्ष एवम् त्रि.बीको बुद्धिस्ट अध्यापन केन्द्रका पूर्व अध्यक्ष प्रा.डा. मिलन रत्न शाक्य, तङ ईल मोदो सङ्घ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल, विश्व शान्ति तथा एकीकृत परिवार सङ्घ नेपालका अध्यक्ष प्रकाशबाबु थापा शाक्य फाउन्डेसनका कोषाध्यक्ष राजकाजी शाक्य लगायतले अन्तर धार्मिक समन्वयबाट मात्र विश्वमा शान्ति कार्य गर्न सकिने बताए । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफ्नो संस्थाले उनीहरूलाई निमन्त्रण गरेको महासचिव विनोद डाँगीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू