अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

भुवनको बारपाक गाउँ

बिआरटीनेपाल २०७६ पुष २५ गते २२:४८ मा प्रकाशित

न्यु योर्क । गायक तथा सङ्गीतकार भुवन सुप्तिहाङ राईले ‘आहा कति सुन्दर बारपाक गाउँ मेरै’ गीत सार्वजनिक गरेका छन् ।

नेपाल भ्रमण वर्ष–२०२० सुरु भएकै दिन भुवनले यो पर्यटकीय गीत सार्वजनिक गरेका हुन् । गीतमा गोरखा र बारपाकको प्राकृतिक सौन्दर्य र विशेषता झल्किएको ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले यो पर्यटकीय गीत सार्वजनिक गर्ने तिथि मिलाइएको भुवनले बताए । बारपाकको सुन्दर पर्यटकीय बस्ती २०७२ को भूकम्पले तहस–नहस भएको थियो । तर, पुनर्निर्माणपछि यो पर्यटकीय बस्ती पुनः मनमोहक बनेको छ । गीतले बारपाक घुम्न जान उत्प्रेरित गर्छ ।

भुवनले यसअघि पनि करिब आधा दर्जन पर्यटकीय गीतहरू गाइसकेका छन् । उनका अनुसार बारपाक विदेशीका लागि मात्र नभएर आन्तरिक पर्यटकका लागि समेत एक पटक घुम्नै पर्ने स्थानमा पर्छ ।

गीतकार जेबी संयोगीको शब्द र गायक भुवनकै सङ्गीत रहेको ‘आहा कति सुन्दर बारपाक गाउँ मेरै’ गीतको सङ्गीत संयोजन सञ्जय हमालले गरेका हुन् । यो गीत भुवनको पाँचौँ एल्बम ‘सम्मान मेरो’मा समावेश छ । यो गीतलाई अहिले लिरिकल भिडियोमा सार्वजनिक गरिएको छ । पछि बारपाकमै गएर भिडियो बनाउने भुवनको सोच छ ।

अघिल्ला पर्यटकीयमा गीतमा उनले पूर्वको इलाम, भेडेटारजस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने हेतुले त्यहाँको सुन्दरता र विशेषताको वर्णन गरेका छन् । हाल अमेरिकामा रहेका गायक भुवनले सयौँ गीतमा स्वर तथा सङ्गीत गरिसकेका छन् ।

प्रतिक्रिया