अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

कथाकार सुशीला देउजाको “पेटको आगो” सार्वजनिक

बिआरटीनेपाल २०७६ पुष १९ गते ८:५१ मा प्रकाशित

वि. सं. २०५६ सालमा स्थापना भएको नारी साहित्यकारहरूको संस्था “गुञ्जन”को आयोजनामा बोका भात, अनामनगर, काठमाडौँमा कथाकार सुशीला देउजाको लघुकथा कृति ‘पेटको आगो’ सार्वजनिक भएको छ।

सो विमोचन समारोह अध्यक्षता गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठकले गर्नु भएको थियो । लघुकथा समाजका अध्यक्ष एवम् गोरखापत्र दैनिकका प्रधान सम्पादक श्री ओम श्रेष्ठ रोदन प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा कृतिमाथि समालोचक डा. पुष्करराज भट्ट एवम् ज्ञानु अधिकारीले समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा शमी साहित्य प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, कृतिका लेखक सुशीला देउजा र जलेश्वरी श्रेष्ठले आआफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन मन्जिला शर्माले गर्नु भएको थियो।

विमोचन समारोहमा देशका प्रतिष्ठित लेखकहरूको व्यापक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू