अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि रोशन खत्री आस्था पाण्डेयलाई

विदुर गिरी २०७६ मंसिर २४ गते १५:२१ मा प्रकाशित

अप इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा धनगढीमा हालै सम्पन्न मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि रोशन खत्री आस्था पाण्डेयले जितेका छन्। हालै आयोजित मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको फाइनल कार्यक्रममा खत्री र पाण्डेयले मुख्य उपाधि जितेका हुन्।

प्रतियोगितामा महिलातर्फ आरती ओझा फस्ट रनर्सअप र अनामिका न्यौपाने सेकेन्ड रनर्सअप भए भने पुरुषतर्फ साहिल खड्का फस्ट रनर्सअप र हेम सागर मल्ल सेकेन्ड रनर्सअप भए। प्रतियोगितामा अभिनेता आर्यन सिग्देल, पूर्व प्रधानसेनापति रुक्माङगद कटुवाल, अलिजा महर्जन, अश्विनी झा, निशु झा र पुष्कर ओझा निर्णायक रहेका थिए। हरेक वर्ष आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगितामध्ये मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको यो पाँचौँ संस्करण हो।