अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस् नेपाल इन्टरनेशनल उपाधि

विदुर गिरी २०७६ असोज ६ गते ९:१५ मा प्रकाशित

रिबन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बिच आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता सन्तुर मिसेस् नेपाल इन्टरनेसनल २०१९ मा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस् नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मानित गरिएको छ भने गैरसरकारी संस्थामा कार्यरत महेन्द्रनगरकी स्तानाकोत्तरकी विद्यार्थी भाविषा कोइराला चटौतले पाँचौँ मिसेस् नेपाल इन्टरनेशनलको उपाधि चुमेकी छिन् ।

शनिवार अबेर राती राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगिता अभिनेत्री मानन्धरलाई क्राउन र मानार्थ मिसेस् नेपाल इन्टरनेशनलको स्यास पहिराउँदै सुरु गरिएको थियो । समारोहमा पूर्व प्रधानसेनापति रुक्मागंत कटुवाल अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरलाई क्राउन र स्यास पहिराई दिएका थिए । समारोहमा प्रतियोगिता पाँचौँ वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सिताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपतिलाई रिबन अनर अवार्डबाट सम्मानित गरिएको थियो ।

विभिन्न पेसामा आबद्ध ३० विवाहित महिलाका बिच सम्पन्न प्रतियोगितामा विजयी भएबापत भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको छ। भाविषा फेशन आइकन पनि भएकी छिन्। प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाईकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छिन्। उनले लेडी विथ कम्प्यासनको उपाधिलाई पनि आफ्नो बनाइन् ।

भाविषा र रङ्गिनाले उपाधि जितेबापत सिङ्गापुरमा हुने मिसेस् इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। पूर्व प्रधान सेनापति रुकमाङ्गद कटुवाल प्रमुख निर्णायक तथा मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्ष पति, अभिनेता राजेश हमाल, मिसेस् नेपाल इन्टरनेसनल २०१५ सबिता लामिछाने, मिस नेपाल २०१५ इभाना मानन्धर र गायक डा. आभास लाभ निर्णायक रहेको प्रतियोगितामा रोजिना भट्टराई फर्स्ट रनर्सअप, स्नेहा राउत थापा सेकेन्ड रनर्सअप र बेस्ट पर्सनालिटी, शबनम खरेल थर्ड रनर्सअप र बेस्ट र्‍याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र म्यानेजमेन्ट च्वाईस, कुस्मा देवी खाँड मल्ल मष्ट पपुलर र मस्ट फ्रेण्डली तथा आश्मा तामाङ पब्लिक च्वाईस र मस्ट गर्जियस भएका छन् ।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितमासुशीला श्रेष्ठ मस्ट क्रीयटिभ, सरस्वती बुढाथोकी बेस्ट ग्लोइङ स्किन, रूपा शाह बेस्ट हेयर, इन्दिरा रानाभाट ब्यूटिफुल स्माइल, सन्ध्या घिमिरे मल्टिमिडिया च्वाईस, एलिजा महत युट्युब बेस्ट भ्यूज,सृजना पाण्डे मष्ट ट्यालेन्टेड, प्रतिमा ज्ञवाली म्यानेजमेन्ट च्वाईस, बिना जोशी चन्द मोस्ट ब्यूटीफूल, प्रतिमा मल्ल बेस्ट डान्सर, नम्रता शर्मा मोस्ट ऐक्टिव,सबीना चालिसे मिसेस् कंजीनीयलिटी, नीरा तामाङ सोशल्ली एक्टिभ, सुशीला भट्ट मिसेस् फोटोनजिक र विमला केसी लेडी विथ पर्पस भएका छन् । रमाइलो एचडीको सहकार्य र निशुकान्त झाको निर्देशनमा भएको समारोहमा लक्ष्मी थापा श्रेष्ठले नृत्य र मनोहर सुनामले सेक्साफोन वादनबाट मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा प्रतियोगिताका सहभागीहरूले ७ प्रदेशको झल्को गर्ने गरी नृत्य प्रस्तुत गरी सबैको मन जितेका थिए ।