अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

र्यापर ‘भिटेन’ पक्राउ, अभद्रमा मुद्दा चलाउने तयारी, ७ दिन म्याद थप

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:५० मा प्रकाशित

चर्चित र्यापर समिर तामाङ ‘भिटेन’लाई अभद्रमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । सो प्रयोजनको लागि उनलाई ७ दिन म्याद थप गर्न अदालतले आदेश दिएको छ । उनले प्रहरी पोशाकमा चुरोट खाइरहेको तस्बिर फेसबुक प्रोफाइल तस्बिर बनाएका थिए। बिहीबार बिहान पक्राउ परेर्का यापर ‘भिटेन’लाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अभद्र व्यवहार गरेको आरोपमा म्याद थपेको हो ।

मंगलबार उनले महेन्द्रनगरमा कन्सर्टको तयारी गरिरहेका थिए। उनलाई बिहीबार दिउँसो मेडिकलका लागि लगिएको थियो । ‘हामी यस्तै त हो नि ब्रो’ गीत गाउने र्यापर भिटेनका शब्दहरु आपत्तिजनक र अश्लील रहेको भन्दै प्रहरीमा सूचना आएको थियो।
यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरि सार्वजनिक माफी मगाएर छाडेको थियो।

प्रतिक्रिया