अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

चलचित्र कलाकार सङ्घद्वारा उप राष्ट्रपति श्री नन्द बहादुर पुनसँग भेट

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते १०:४९ मा प्रकाशित

काठमाडौँ: नेपाल चलचित्र कलाकार सङ्घ द्वारा अध्यक्ष रबिन्द्र खड्काको प्रतिनिधित्वमा सम्माननीय उप राष्ट्रपति श्री नन्द बहादुर पुन “पासाङ”सँग उँहाकोनै कार्यकक्षमा भेटघाट तथा आउँदै गरेको शुभदिपावली, छठ पर्व र नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, सह-कोषाध्यक्ष पवित्रा आचार्य, सदस्यहरू नायक विशाल विष्ट, उद्धव प्रसाद भट्टराई, धर्मेन्द्र आचार्य, गोपाल ढकाल छन्दे, गीता नेपाल, पवन खतिवडा,रामेश्वर बुर्लाकोटी, प्रेस संयोजक सूर्य चन्द, कलाकार नारायण प्रधान, राजु शाही र राजेश महर्जन लगायतका पदाधिकारीहरूको टोलीले भेट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त अवसरमा सम्माननीय उप राष्ट्रपति श्री नन्द बहादुर पुनले चलचित्र कलाकार सङ्घका पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो भने चलचित्र कलाकार सङ्घलाई आफू बाट हुने सहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । भेटमा नेपाल चलचित्र कलाकार सङ्घ द्वारा अध्यक्ष रबिन्द्र खड्काले सङ्घले गर्दै आएको कार्य, उद्देश्य तथा गतिविधिहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू