अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६
| Colorodo: 09:51
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन अन्तरगत नयाँ नेतृत्व चयनको लागि मतदान प्रक्रिया सम्पन्न भएको छ । सम्पन्न मतदानमा २३४४ मत खसेको छ । मतदान प्रक्रिया सकिए पछि भने आजै रातिदेखि मतगणना सुरु हुने बताईएको छ ।
बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रक्रिया सुरु भएको थियो । बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो । सम्मेलनमा संघका वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।
निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी थिए । तीन दिनसम्म चल्ने भनिएको सम्मेलनमा ८१ मुलुकका करीब २ हजार ५०० प्रतिनिधि सहभागी छन् ।