अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

तीन सर्जकका ६ कृति एकै पटक विमोचन

भुवन सिवाकोटी २०७६ असोज १८ गते ९:३० मा प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपती तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाको प्रमुख आतित्थ्यमा दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा बहु आयामिक व्यक्तित्व भुवन सिवाकोटी चौघरेको चार कृतिहरू १.नच्यातिएको आकाश २.प्रणयको गहराइ कविता सङ्ग्रहका ३. एकल शब्द/सङ्गीत र गायनकाे आधुनिक गीति एल्बम अतुलनीय प्रीत गरेँ ४. एकल शब्द /सङ्गीत र गायन तथा अभिनय रहेको राष्ट्रिय गीत “बहुलजातीकाे मातृभूमि यो भिन्न छ भाषा धर्म भेष” को अडियो भिज्वल लोकार्पण गरियो ।

सोही समारोहमा प्रा.गोपिकृष्ण शर्माको महिमा खण्ड काव्य र निर्मल रमण पराजुलीको देश लेख्न हतार छ कविता सङ्ग्रहको विमोचन पनि गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्तको सभापतित्वमा अति भव्य सभ्य रूपमा यादव भट्टराईले कार्यक्रम सञ्चालन गर्दै सम्पन्न भयो । सो कार्यक्रमलाई साहित्यकार ठाकुर शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।

लोकार्पण गरिएका पुस्तहरूकाे संक्षिप्त समीक्षा डा. भागवत ढकाल, डा. लेख राज निरौला, डा. साधन पञ्च प्रतीक्षा र डा.राम प्रसाद ज्ञवालीले गर्नु भएको थियो ।

डा. भागवत ढकालले कवि चाैघरेका कृति प्रणयको गहिराइ कविता सङ्ग्रह अध्यात्म, प्रेम, वियोग लगायत विषय बस्तुमा सिवाकोटीले ९० कविता सङ्गृहीत गरेका छन् सबै कविता पठनीय रसिला छन् । पढ्दै जाँदा फरक फरक शैली र विषयको गहिराइमा प्रकृतिसँग तुलना गरिँदै रचिएका कविताको रस माधुर्यले रसातलमा अज़ै प्रणयको रसातलमा पुर्‍याउँछ । एक पटक मात्र हैन पटक पटक पढिरहु लाग्ने छन् भन्नु भयो । त्यस्तै नच्यातिएको आकाश कथासङ्ग्रह समकालीन नेपाली समयको गतिलो चित्रण हो यसमा ८२ वटा कविता सङ्गृहीत छन् । कवि चाैघरेकाे हरेक कवितामा शब्द संयोजन भाव पक्ष सरल छ कविता पढ्दै गर्दा गहिरो मानवीय अनुभूतिमा पुग्न सकिन्छ ।

अतुलनीय प्रीत गरेँ एकल शब्द सङ्गीत र गायन रहेको गीति एल्बममा ५ वटा गीतहरू सङ्गृहीत छन् १) अतुलनीय प्रीत गरेँ २) बिन्ती गरेँ छोडी नजाऊ ३) पिरतीको मोल हुन्छ र ४) मुट दुखाइ नराेउ तिमी ५) म त खुसी हाेरेकाे मान्छे रहेका छन् । सबै गीत सिवाकोटीले रचना गरेका लय सङ्गीत भरेका र गाइएका हुन । गीत मर्मस्पर्शी छन् गीतको सङ्गीत संयोजन राम कार्कीले गरेका छन् ।

राष्ट्रिय गीत बहुल जातीको मातृभूमि यो लाई उत्कृष्ट अभिनय र समावेशी विषय बस्तुले धेरै माथिको उचाइमा पुर्‍याएको छ । सबै नेपालीले अपनत्व महसुस गर्ने गीत वास्तव मै राष्ट्रिय भावले ओकप्राेत छ । सात प्रदेश शब्दले वर्तमान नेपालको गणतन्त्र र सङ्घीयता समाबेशीपनलाई राम्ररी समेटेको पाइन्छ । नेपाली साहित्य सङ्गीत र कला क्षेत्रका आशा लाग्दा उदीयमान नक्षेत्र चाैघरे हुन् ।

भुवन शिवाकाेटीद्वारा लिपिबद्ध संगीतबद्द आधुनिक गीत र राष्ट्रिय गीतले सभा हलको राैनकता बढाएको थियो । राष्ट्रिय गीतको म्युजिक भिडियो कलाकार तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै प्रमुख अतिथि वैरागी काइँलाले नेपाली साहित्यको कविता र गीति विधामा लाेकार्पित कृतिहरू हरदृश्टिले राम्रा र पठनीय रहेको मन्तव्य साथ सभा अध्यक्ष राम प्रसाद पन्तले सभा विसर्जन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू