अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 06:52

एनआरएनएद्वारा खेलकुद प्रतिष्ठानको स्थापना

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:३१ मा प्रकाशित

गैर आवासीय नेपाल संघ (एनआरएनए) ले ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना गरेको छ । एनआरएनएले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठान स्थापना गरिएको घोषणा गरेको हो । कामको खोजीमा विदेश बस्न बाध्य नेपाली खेलाडीहरुलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ प्रतिष्ठान स्थापना गरिएको गैर आवासीय नेपाली संघ, युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले जानकारी दिनुभयो ।

प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउने काम पनि गर्ने एनआरएनएले जनाएको छ । यसैबीच, एनआरएनएले आफ्नो विश्व सम्मेलनको अवसर पारेर काठमाडौंमा ५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने पनि घोषणा गरेको छ ।

‘एनआरएनए हेरिटेज वाकथुन’, एनआरएनए स्र्पोटस् मिट, एनआरएनए फुटशल टुर्नामेन्ट, एनआरएनए गल्फ च्याम्पियनसिप र एनआरएनए पेन्टिङ एक्जिबिशन पनि आयोजना गर्न लागिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो । एनआरएनएको विश्व सम्मेलन आगामी असोज २८ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू