अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

स्पेनको मड्रिडमा नेपाली उत्पादन

बिआरटीनेपाल २०७६ असोज १० गते ९:४४ मा प्रकाशित

स्पेनको मड्रिडमा आयोजित अन्तर्राष्ट्रिय प्रर्दशनीमा नेपाली उद्योग व्यवसायी पनि सहभागी भएका छन् । शुक्रबार स्पेनको राजधानी मड्रिडमा सुरु भएको एक्सपो टुराल २०१९ प्रर्दशनीमा नेपाली उत्पादन सहितका ३५ व्यवसायी सहभागी भएका हुन् । प्रर्दशनीमा नेपाल र स्पेनका भाषा धर्म, कला संस्कृति तथा उत्पादनहरु झल्किने स्टल राखिएको छ । स्पेनको राजधानी मड्रिडमा अवस्थित मुख्य प्रदर्शनी भवन फेरिया डि म्याड्रिडमा भएको प्रर्दशनीमा नेपालको छुट्टै पभेलियन राखिएको छ ।

प्रदर्शनीस्थल ७ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । प्रर्दशनीमा नेपालको पर्यटकिय क्षेत्र, पर्वतारोहण सम्बन्धी जानकारीको साथै भ्रमण बर्ष २०२० का बारेमा जानकारी दिने छुट्टा छुटै स्टल राखिएको छ ।

त्यसैगरी हस्तकला, काष्ठनिर्मित सामान, पस्मिना, नेपाली कागजका सामानहरु, चित्रकला, मुर्ति, ढाका, अल्लो, बेतबाट बनेका सामान, बाँसको जराबाट बनेका सामान लगायतका सामाग्री राखिएको छ । नेपाल अन्तराष्ट्रिय प्रदर्शनी संघका महासचिव शान्त कुमार श्रेष्ठले प्रर्दशनीमा सहभागी भएका नेपाली उत्पादनले नेपालको पर्यटन, कला, संस्कृति, परम्परा, कृषि तथा व्यापार व्यवसायलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । यो प्रदर्शनीमा साना तथा मझौला व्यवसायी महासंघ र नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघले नेपालको तर्फबाट संयोजनकारी भुमिका निर्वाह गरेको छ ।

कार्यक्रममा फाउण्डेशन लुम्बिनी ग्राण्डका जोसेफ म्यानुअल भिलानोभाले नेपाल र स्पेनबीचको व्यवसायीक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनको साथै शान्ति स्थापनाका लागि फलदायी हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू