अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:५६ मा प्रकाशित

नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गर्नुभयो ।

राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज भएको एक संक्षिप्त समारोहमा दुवै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा हस्ताक्षर गरेपछि पारस्परिक हित र चासोका विषयमा सहकार्य र साझेदारी गर्ने एवम् व्यापार तथा पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू