अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

अस्ट्रेलियाको क्यानबेरामा गाँजासेवन बैध बन्यो

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:४५ मा प्रकाशित

व्यक्तिगत प्रयोजनका लागि गाँजा राख्न पाइने अस्ट्रेलियाको पहिलो शहर क्यानबेरा बनेको छ । गाँजा वैध बनाउने विधेयक बुधवार अपराह्न संसद्ले पारित गरेको हो । विधेयक पारित गराउन लेबर पार्टी र ग्रीन पार्टीको समर्थन थियो ।

१८ वर्षभन्दा माथिका मानिसले गाँजाको ५० ग्राम बोक्न पाउँछन् अनि दुईवटा बोट हुर्काउन पनि पाउँछन् । एउटा घरमा जम्मा चारवटा मात्र गाँजाको बोट राख्न पाइन्छ तर पानीमा गाँजा उमार्न चाहिँ अवैध छ ।

यो कानून सन् २०२० को जनवरी ३१ बाट मात्र लागू गरिनेछ । स्वास्थ्यमन्त्री रेचल स्टिफन–स्मिथले विधेयकमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । लेबर पार्टीका माइकल पेट्टरसनले यो विधेयक प्रस्ताव गरेका हुन् ।

उनले ल्याएको विधेयकमा संशोधन गर्दै गाँजा बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्ने अनि वयस्कले बालबालिकाका अगाडि गाँजा सेवन गर्न नहुने र सामुदायिक बगैंचामा गाँजाखेती गर्न नपाइने प्रावधान राखिएको छ । गाँजालाई फौजदारी नभई स्वास्थ्यको विषय बनाउने उद्देश्यले विधेयक ल्याएको पेट्टरसनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू