अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

गैरआवासीय नेपाली संघ तान्जानियामा भट्टराई निर्वाचित

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:५१ मा प्रकाशित

गैरआवासीय नेपाली संघ तान्जानियाको अध्यक्षमा पुष्पराज भट्टराई निर्वाचित हुनुभएको छ । संघका पूर्व महासचिव समेत रहिसकेका भट्टराई तान्जानियामा रहेको आईटी कम्पनी रासेलोको संस्थापक तथा चिफ टेक्निकल अफिसरको रुपमा कार्यरत हुनुहुन्छ । भट्टराई पाल्पाका हुनुहुन्छ ।

त्यस्तै, उपाध्यक्षमा बिनोद पट्टेल, महासचिवमा श्रेय शाक्य, सचिवमा राम चौधरी, कोषाध्यक्षमा गोपाल रञ्जन निर्वाचित हुनुभएको छ । । महिला संयोजकमा अन्जली तामाङ, युवा संयोजकमा कृष्ण सुनुवार र सदस्यहरुमा पासाङ शेर्पा, दुर्गा बहादुर सिंजाली, बिमल भट्ट, बिजय ज्ञवाली, नारायण अर्याल र भगवान भट्टराई निर्वाचित हुनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू