अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

अमेरिकामा मोदीको सम्मानमा कार्यक्रम, स्टेडियम बाहिर विरोध

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:४२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि टेक्सासमा आयोजना गरिएको र्यालीमा सहभागी हुनुभएको छ । विदेशी नेताहरुको स्वागतका लागि अमेरिकामा बिरलैमात्र हुने र्यालीमा राष्ट्रपति ट्रम्प सहभागी हुनुभएको हो ।

५० हजारभन्दा बढी भारतीय मुलका अमेरिकी नागरिक र गैरआवासीय भारतीयहरु हस्टन शहरको एनआरजी स्टेडियममा भेला भएका थिए । तर स्टेडियम बाहिर भने हजारौंले प्रधानमन्त्री मोदीको विरोध गरेका थिए । उनीहरुले सरकारले भारतमा रहेका अल्पसंख्यक समुदायको मानवअधिकार हनन् गरेको आरोप लगाएका हुन् ।

र्यालीलाई सम्बोधनको क्रममा मोदीले भारत प्रशासित कश्मीरको हितका लागि संविधानको आंशिक स्वायत्तता खारेज गरेर नयाँ व्यवस्था लागू गरेको पनि स्पष्ट पार्नुभयो । यसैबीच कांग्रेस नेता आनन्द शर्माले प्रधानमन्त्री मोदीले परराष्ट्र नीतिविरुद्ध अमेरिकामा राष्ट्रपतिको चुनावी प्रचारमा लागेको आरोप लगाउनुभएको छ । उहाँले मोदीले चर्चामा आउन अमेरिकामा चुनाव प्रचारमा लागेको आरोप लगाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू