अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

मेलिना राई र तारा प्रकाश लिम्बुको नयाँ गीत ‘मन डोल्यो’ सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज ४ गते १८:३४ मा प्रकाशित

अहिलेका चर्चित एवम् लोकप्रिय गायिका मेलिना राई र सुमधुर स्वरका धनी गायक तथा सङ्गीतकार तारा प्रकाश लिम्बुको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । सो गीतको शीर्षक ‘मन डोल्यो’ रहेको छ र गीत ज्यादै नै रोमान्टिक भएकाले दर्शक श्रोताहरूको मन जितिरहेको छ ।

ड्रिम प्रोडक्सनको प्रस्तुतिमा रहेको सोही गीतमा पाथीभरा ज्वलर्सले गरेको उत्कृष्ट गीतकार प्रतियोगिताका विजयी ‘दियालो’ सुसन माझीको शब्द रहेको छ भने अमेरिका मै रहेर मोडलिङ गरी रहेका मोडलहरूको बेजोड अभिनय रहेको छ । भिडीयोमा एलिना राई, पुरू भण्डारी र प्रवेश राईको त्रिकोणात्मक माया प्रेमको कथालाई उत्कृष्ट ढङ्गबाट छायाकार अशोक भुजेलले प्रस्तुत गरेका छन् ।

भिडियो निर्देशनमा पनि अशोक भुजेल र गीतकार ‘दियालो’ सुसनले निकै मिहिनेत गरेका देखिन्छ । त्यसै गरी प्रोडक्शन म्यानेजरको रूपमा ड्रिम प्रोडक्सनका संयोजक रूबेन शर्मा हुनुहुन्छ। गीतमा चर्चित सङ्गीतकार तारा प्रकाश लिम्बुको सङ्गीत रहेको छ भने सङ्गीत संयोजन बादल लिम्बुले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू