अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

बलात्कार थियो पहिलो यौन अनुभव – लाखौ महिलाको खुलासा

बिआरटीनेपाल २०७६ असोज १ गते ८:५९ मा प्रकाशित

अमेरिकामा हरेक १६ जना महिलामध्ये एकको पहिलो यौन अनुभव ‘बलात्कार’ हुने गरेको खुलासा भएको छ । हालै सार्वजनिक भएको एक रिपोर्टले महिलासँगको कुराकानीका आधारमा यस्तो खुलासा गरेको हो ।

सो रिपोर्टका अनुसार अनुसन्धानमा सहभागी महिलाहरुले किशोरावस्थामै आफ्नो पहिलो यौन अनुभव पुरुषबाट ‘बलपूर्वक’ र ‘हिंस्रक’ रहेको बताएका हुन । त्यस्तो अनुभवले स्वास्थ्य समस्या निम्त्याउने गरेको अनुभव पनि उनीहरुको छ । अमेरिकाका झण्डै ७ प्रतिशत महिलाहरुमाथि गरिएको उक्त अध्ययनमा महिलाहरुले आफ्नो अनुभव सुनाएका छन । उनीहरुले आफ्नो पहिलो यौन अनुभव इच्छाविपरीत रहेको बताएका थिए ।

अनुसन्धाता डा. लौरा हक्सका अनुसार इच्छाविपरीत हुने यस्ता यौन सम्पर्क ‘बलात्कार’ हो । ‘पहिलो यौन सम्पर्कमै बलात्कार हुनु भनेको महिलाले यौनमा आफ्नो हक गुमाउनु हो,’ प्रतिवेदन सार्वजनिक गर्दै हक्सले भनेकी छन् ।

यस्ता सम्बन्धले महिलालाई मानसिक र शारीरिक समस्या निम्त्याउन सक्ने हक्सको भनाइ छ । यस्तै निरन्तर यौन शोषणका असरले सामाजिक वहिस्करण सिर्जना हुने अन्य अध्ययनले देखाएका छन् । जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अनुसन्धानमा लाखौं महिला सहभागी भएका थिए ।

जहाँ ‘तिम्रो पहिलो यौन सम्पर्क तिम्रो आफ्नै इच्छा अनुसार थियो त ?’ भनेर सोधिएको थियो । जवाफमा धेरैले पहिलो सम्पर्क इच्छाविपरीत भएको बताएका छन् । सो खोजको तथ्य यही सोमबार ‘जामा इन्टरनल मेडिसिन’ नामको जर्नलमा प्रकाशित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू