अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

नेपाल बङ्गलादेश साहित्य एवं सांस्कृतिक उत्सव सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ १५ गते ९:३७ मा प्रकाशित

२०७६ भदौ १४ गते नेपाल बङ्गलादेश साहित्य एवं सांस्कृतिक उत्सव २०१९ को कार्यक्रम सम्पन्न भयो । साहित्यिक पत्रकार सङ्घ र इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटीको संयुक्त आयोजनामा बङलादेशबाट आउनु भएका विभिन्न ३५ जना साहित्यकार, कलाकार, पत्रकार, बुद्धिजीवीहरूलाई इन्टरनेसनल अवार्डबाट सम्मानित गरिएको थियो ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा माननीय सुजाता परियार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभू घिमिरे, प्राज्ञ डा. उषा ठाकुर, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको विशेष उपस्थिति रहेको थियो ।

इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटीका अध्यक्ष राजेन्द्र गुरागाईले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्नु भएको सो कार्यक्रममा महासचिव रिसवदेव घिमिरेले स्वागत र मन्जिला उप्रेती, पुनम झाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा नेपाल र बङलादेसका राष्ट्रिय गीतहरू गाइएको थियो । यसै गरी कलाकार मेनका लामाले बज्र नृत्य चर्चित गायिकाहरू कल्पना दाहाल र कमला रिसाल र बङ्गला गायिकाहरूले विभिन्न गीतहरू गाएका थिए ।

यो कार्यक्रमले नेपाल र बङलादेसका बिच सेतुको काम गर्ने अधिकांश वक्ताहरूले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू