अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

चलचित्र नचल्नुमा नम्रताले दिईन् निर्माण पक्षलाई दोष

बिआरटीनेपाल २०७६ साउन ३१ गते ८:०५ मा प्रकाशित

नायिका नम्रता श्रेष्ठले चलचित्र नचल्नुमा निर्माण पक्षलाई दोष दिनुभएको छ । चलचित्रको निर्माणनै फितलो भइदिँदा यस्तो समस्या आएको उहाँको बुझाई छ । पछिल्लो समय एकपछि अर्को चलचित्र फ्लप हुनुको कारण निर्माण पक्ष रहेको नम्रताको भनाई थियो ।

शुक्रबार पोखरामा चलचित्र पत्रकार संघ कास्कीले गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नम्रताले चलचित्रको निर्माण पक्ष बलियो रहँदा समस्या नआउने बताउनुभएको हो । नम्रताका अनुसार अहिले कतिपय चलचित्र रिसर्च बिना बनिरहेका छन् । दर्शकले चाहेको जस्तो चलचित्र निर्माण नभएको उहाको भनाई छ ।

भदौ ६ गते शुक्रबारबाट अल नेपाल रिलिज हुने नम्रता मुख्य अभिनित चलचित्र जाइराको प्रचारप्रसारका लागि पोखरा आउनुभएका उहाँले आफ्नो फिल्म भने दर्शकको चाहनाअनुसारको रहेको दाबी गर्नुभयो । मिक्स मार्सलआर्ट भूमिकामा नारी प्रदान कथामा आधारित चलचित्रमा महिलाको आरोह—अवरोहलाई प्रस्तुत गरिएको नम्रताको भनाई थियो । उक्त चलचित्रका लागि नम्रताले ८ महिनाको मार्सलआर्ट तालिम समेत लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू