अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:३६ मा प्रकाशित

नेपाली गीतसंगीतसँगै बलिउडमा समेत चर्चा कमाएका प्रसिद्ध गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की आएको छ । उहाँलाई करीब दुई हप्तादेखि बिहारको नम्बरबाट धम्की आएको भारतीय सञ्चारमाध्यम भाष्कर डटकमले जनाएको छ।

भाष्कर दैनिकका अनुसार बारम्बार मार्ने धम्की आएपछि उदितनारायण झाले मुम्बइस्थित अम्बोली प्रहरीसँग ज्यान सुरक्षाको माग गर्नुभएको छ । झाले प्रहरीमा उजुरी दिएलगत्तै प्रहरीले छानबिन सुरु गरेको छ। प्रहरीका अनुसार झालाई धम्की दिने व्यक्तिको नाम लक्ष्मण रहेको र उनी बिहारको भएको बताएको छ। योसँगै मुम्बई प्रहरीले जाँच टोलीलाई बिहार पठाइएको छ।

यता, प्रहरी अधिकारी भरत गायकवाडले उदितलाई हप्तामा चार÷पाँच पटक फोन गरेको बताएका छन्। उनका अनुसार संदिग्धको नाम लक्ष्मण रहेको र उसले नै उदितनारायणलाई मार्ने धम्की दिएको हो। तर उनले उदितसँग पैसाको माग भने नगरेको प्रहरीको भनाइ छ।

यस्तै प्रहरीले उदित नारायणको बिल्डिङमा बस्ने सेक्युरिटी गार्ड बिहारकै रहेको बताएको छ। उनले १७ जुलाइमा दोस्रो पटक र २३ जुलाइमा तेस्रो पटक फोनबाट धम्काएका थिए।

प्रतिक्रिया