अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

एक जोर जुत्ता ४ करोड ८० लाखमा बिक्री

बिआरटीनेपाल २०७६ साउन ८ गते १०:०६ मा प्रकाशित

नाइकीको सह– संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो ।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो। तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरेका छन् । बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन् ।

सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह–संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए। यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो। लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू