अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

भोजपुरमा विप्लव नेकपासंगको फाईरिङ्गमा २ जनाको मृत्यु – प्रहरी महानिरीक्षक खनाल

बिआरटीनेपाल २०७६ असार २५ गते ९:५२ मा प्रकाशित

प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले भोजपुर घटनाबारे संसदलाई जानकारी गराउनुभएको छ । बुधबारको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा महानिरीक्षक खनालले घटनाबारे जानकारी गराउनुभएको हो । बैठकमा उहाँले भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्दा जवाफी फायरिङमा नेपाल प्रहरीका १ र विप्लव पक्षका १ कार्यकर्ताको मृत्यु भएको पुष्टि गर्नुभयो ।

घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि महानिरीक्षक खनालले जानकारी दिनुभएको छ । महानिरीक्षक खनालका अनुसार नेपाल प्रहरीको घुमुवा टोलीमाथि एक्कासि गोली चलेको थियो । प्रहरीको गोली लागेर मृत्यु हुनेमा विप्लव समूहका ३५ वर्षीय ओखलुढुंगाका जिल्ला इन्चार्च नीरकुमार राई र दोहोरो नेपाल प्रहरीका जवान सञ्जीव राईको पनि विप्लव पक्षका कार्यकर्ताको गोली लागेर मृत्यु भएको छ ।

घटनामा प्रहरी जवान सोमनाथ भट्टराई घाइते छन् । गोली लागेर घाइते भएका नीरकुमार र सञ्जीव दुवैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको महानिरिक्षक खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू