अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 20:54

पोखराको विजयपुर खोलामा आएको बाढीका कारण अवरुद्ध डाइभर्सन, पुनः सुचारु

बिआरटीनेपाल २०७६ असार २१ गते ९:४४ मा प्रकाशित

पोखराको विजयपुर खोलामा आएको बाढीका कारण अवरुद्ध डाईभर्सन पुनः सुचारु भएको छ । पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुर खोलामा निर्माण गरिएको डाइभर्सनभन्दा माथिसम्म बाढी आउँदा शनिवार करिव ३ घण्टासम्म मालावाहक सवारी साधनको आवागमन अवरुद्ध वनेको थियो । विहान ४ बजेदेखि ७ बजे सम्म अवरुद्ध डाईभर्सन पानीको सतह घटेसंगै संचालनमा आएको हो ।

यसअघि, विजयपुरको पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई डाईभर्सनबाट आवतजावत गराउँदै आइएको थियो । विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पत्ता चर्केपछि लोड गाडीहरुलाई डाइभर्सन हुँदै जाने व्यवस्था मिलाइएको थियो । खोलामा बाढीमात्रै आएको र डाइभर्सन नभत्केकोले पानीको बहाव कम भएपछि सोही ठाउँबाट लोडेड गाडीहरु निर्वाधरुपमा आवतजावत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू