अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

होण्डुरसमा डुंगा डुब्दा कम्तिमा २६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असार १९ गते ९:५९ मा प्रकाशित

होण्डुरसमा माछा मार्न गएका मानिसहरु चढेको डुंगा डुब्दा कम्तिमा २६ जनाको ज्यान गएको छ । होण्डुरसको तटीय क्षेत्रमा माछा मार्न गएका मानिसहरु चढेको डुंगा डुबेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्मीले ४७ जनालाई सकुशल उद्धार गरेका छन् ।

होण्डुरसको पूर्वी क्षेत्र मोस्क्वीटीको क्यारबियन तटमा डुंगा डुबेको हो । सरकारले माछा मार्न लगाएको प्रतिबन्ध फुकुवा गरेपछि ७० टनको डुंगामा मछुवारहरु माछा मार्न गएका थिए । डुंगा डुब्नुको कारण खुलेको छैन र यसबारे अनुसन्धान सुरु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू