अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

बेशीशहरमा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बन्ने

बिआरटीनेपाल २०७६ असार १८ गते ८:२८ मा प्रकाशित

लम्जुङको बेशीशहरमा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बन्ने भएको छ।world Area Line Village Nepal नामक सो फिल्म सिटीको निर्माण world Area Holding इटली र Sky Entertainment Investment प्राली नेपालको संयुक्त लगानीमा निर्माण हुने सो फिल्म सिटीको निर्माण लागत अनुमानित ५ अर्व ९० करोड रुपैयाँ रहेको छ।

४ देखी ५ वर्ष भित्रमा निर्माण सम्पन्न गरी सक्ने लक्ष्य रहेको सो फिल्म सिटीको निर्माण पछि अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायाङकन र सम्पादनको सुविधा उपलब्ध हुने छ। फिल्म सिटीको निर्माण बाट आन्तरिक रोजगारी सृजना हुनुका साथै सरकारले राजश्व समेत प्राप्त गर्ने छ। फिल्म सिटीको निर्माण सँगै सो क्षेत्रमा एउटा पाँच तारे होटेलका साथै अन्य पर्यटकीय पुर्वाघार समेत निर्माण गरिने छ।

सो सम्बन्धी सहमतिपत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको समुपस्थितिमा world Area Holding इटलीका तर्फबाट अघ्यक्ष Fransesco Signoriello ले र Sky Entertainment Investmentप्राईभेट लिमिटेड नेपालका तर्फबाट अघ्यक्ष आकाश अघिकारीले हस्ताक्षर गर्नु भयो। 

प्रतिक्रिया