अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१०
| Colorodo: 19:25
विभिन्न मागहरु राख्दै सत्याग्रह गर्ने घोषणा गरेको ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले पूर्वघोषित संघर्षका कार्यक्रम स्थगित गरेको छ । बेलायतमा नयाँ सरकार गठन हुने क्रममा रहेकाले नयाँ सरकारले आफूहरुका माग सम्बोधन गर्ने अपेक्षा राख्दै संघर्षका कार्यक्रम स्थगित गरिएको सत्याग्रह संयुक्त संघर्ष समितिले जनाएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक कृष्णबहादुर राईले नेपाल सरकारलाई जिम्मेवार हुन थप केही समय उपलब्ध गराएको बताउनुभयो । नेपालीहरुलाई ब्रिटिस सेनामा भर्ती गराउने सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिलाई द्विपक्षीय बनाउनुपर्ने, भूपूब्रिटिस गोर्खा सैनिकहरुले भोग्दै आएका विभेदको अन्त्य हुनुपर्नेलगायतका मागहरुसहित सत्याग्रह गर्ने कार्यक्रम अघि सारिएको थियो ।