अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

सुडानमा सैन्य शासनको विरोधमा प्रदर्शन, ७ जनाको मृत्यु, १ सय ८१ घाइते

बिआरटीनेपाल २०७६ असार १६ गते ९:५५ मा प्रकाशित

सैन्य शासनको विरोध गर्दै सुडानमा भएको प्रदर्शनका क्रममा ७ जना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी खार्तुममा सैन्य शासनको विरोध गर्दै भएको प्रदर्शनमा सात प्रदर्शनकारीको मृत्यु भएको हो । प्रदर्शनमा १ सय ८१ जना घाइते भएका छन् ।

राष्ट्रपति भवन बाहिर भेला भएका प्रदर्शनकारीलाई तितरबितर गर्ने क्रममा सेनाले कयौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै गोली प्रहारसमेत गरेको थियो । गत जुन ३ तारिखमा राजधानी खार्तुममा भएको प्रदर्शनपछी भएको यो नै दोस्रो बिशाल प्रदर्शन हो । प्रदर्शनमा १० लाख मानिस सहभागी भएका थिए ।

प्रदर्शनकारीले सैनिक शासन आफूहरुलाई मान्य नहुने भन्दै नागरिक शासन लागू गर्न माग गरेका छन् । सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैंले लिएको थियो ।

सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू