अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

बिआरटीनेपाल २०७६ असार १५ गते ८:५३ मा प्रकाशित

काठमाडौँ, असार १५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरू विभिन्न गैरकानुनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको हो ।

भूकम्प पीडितहरूबाट गैरकानुनी रूपमा रकम असुल गरेको, भूकम्प पीडितहरूलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरू पालना नगरेका कारण उनीहरूलाई कारबाही गरिएको हो ।

ती प्राविधिकहरूको करार सम्झौता भङ्ग गरी नियमानुसार कारबाही गरिएको छ ।

कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिस्टेन्ट सब–इन्जिनियर छन् । तीमध्ये नुवाकोटमा कार्यरत ८ जना प्राविधिक छन् भने काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धादिगंमा कार्यरत २ जना छन् । त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १–१ जना छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू