अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

डिसी महापुराणमा उठ्यो ८ लाख २० हजार डलर

बिआरटीनेपाल २०७६ असार १२ गते ११:१६ मा प्रकाशित

वासिङ्टन डिसी । डिसी मेट्रो सप्ताहमा बुधवार सम्ममा ८ लाख २० हजार डलरको चन्दा २ सय ७६ सङ्कलन भएको आयोजकहरूले जानकारी दिएका छन् । 

जस मध्ये वार्षिक नवीकरण गर्ने सदस्यहरूबाट ३ हजार २ सय १२, संस्थापक संरक्षक सदस्यबाट ४० हजार, संस्थापक प्लाटिनम सदस्यबाट १ लाख २० हजार, संस्थापक वेन्फ्याक्टर ( उपकारी) सदस्यबाट दुई लाख ४ हजार, संस्थापक आजीवन सदस्यबाट १ लाख ५३ हजार र संस्थापक गुठियार (ट्रस्टी)सदस्यबाट २ लाख ९७ हजार दान सहयोग उठेको बुझिएको छ । 

डिसी महानगर क्षेत्रमा सामुदायिक भवन बनाउने उद्देश्यले आयोजित डिसी मेट्रो सप्ताहमा उत्तर भर्जिनियाका विभिन्न स्थानबाट जम्मा २५५ जनाले सहयोग गर्नु भएको छ । यस क्षेत्रमा करिब १० हजार मानिसहरू बसोबास गर्ने अनुमान गरिएकोले जुन २९ सम्म सामुदायिक केन्द्र निर्माण हेतु लक्ष्य बोकेर हिँडेको डिसी मेट्रो सप्ताह २०१९ को लक्ष्य पुग्न सक्ने अवस्था देखिएको छ । सप्ताह कार्यक्रम भर्जिनियाको फेयर फ्याक्स स्थित लोटस टेम्पल(मन्दिर )परिसरमा भई रहेको छ भने उक्त सप्ताह महापुराणको नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको हो । 

उक्त डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्यहरू रहेका छन् । सप्ताहको लागि सहयोग गर्ने अधिकांश दाताहरुले प्रतिबद्धता मात्र नगरी धना देश (चेक) आयोजकलाई हस्तान्तरण गरेका छन् । सप्ताह नेपाल बाट आउनु भएका पण्डित दिनबन्धु पोखरेलले गरी रहनु भएको छ । डिसी मेट्रो सप्ताह २०१९ जुन २२ देखि सुरु भई जुन २९ शनिवार समापन हुँदैछ । 

प्रतिक्रिया