अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

पोखरा महानगरपालिकाद्धारा आर्थिक बर्ष २०७६/०७७ को लागि ७ अर्ब ५४ लाख रुपैंयाको बजेट सार्वजनिक

बिआरटीनेपाल २०७६ असार १० गते ९:३३ मा प्रकाशित

मुलुकको सवैभन्दा ठुलो पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि कुल ७ अर्ब ५४ लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्नुभएको हो । बजेटले महानगरको पूर्वाधार, कनेक्टिङ सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण, स्मार्ट सिटि, आकाशे पुल, पातलेछागोंमा सिसाको पुल लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

महानगरले संस्थागत क्षमतामा बिकास गरि सुशासन प्रबद्धन गर्ने, आन्तरिक श्रोतको अधिकतम परिचालन गर्ने, आर्थिक भौतिक सामाजिक पुर्वाधार विकास गर्ने, पर्यटन क्षेत्रको विकास, स्वच्छ शिक्षा पुर्वाधारमा विकास, कृषि क्षेत्रको आधुनिकिकरणलाई प्राथमिकतामा राखेर बजेट सार्वजानिक गरेको हो ।

बिनियोजित बजेटमध्ये संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख ८० हजार रुपैंया प्राप्त हुनेछ भने गण्डकी प्रदेश सरकारबाट ४७ करोड ९६ लाख ७३ हजार रुपैंया ब्यहोर्ने उल्लेख छ । महानगरको आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख रुपैया अनुमान गरिएको छ भने बजेटमा अपुग हुने ६८ करोड ५० लाख रुपैंया मध्ये वैदेशिक ऋणतथा अनुदानबाट १० करोड, जनसहभागिताबाट ३६ करोड ५० लाख, चालु आर्थिक वर्षबाट रहने जाने मौज्दातबाट २२ करोड रुपैंया ब्यहोरिने छ ।

नेपाल सरकारबाट प्राप्त हुने रकमबाट प्राप्त हुने रकम मध्ये वित्तिय समानिकरण अनुदानतर्फ ६० करोड २ लाख रुपैंया, सःशर्त अनुदान बाट १ खर्ब १७ करोड २७ लाख, विशेष अनुदान १५ करोड, समपुरक अनुदानबाट १७ करोड ५० लाख, राजस्व बाँडफाँटबाट ४१ करोड ९९ लाख, सामाजिक सुरक्षामा ६० करोड, सडक बोर्डमा ३ करोड, सहरी स्वास्थ्य पुर्वाधारमा ५ करोड, सांसद विकास कोषबाट १२ करोड र प्रधानमन्त्री स्वरोजकार कार्यक्रमबाट २ करोड प्राप्त हुने उप–प्रमुख गुरुङ्गले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट प्राप्त २ करोड १४ लाख ४४ हजार, सर्सत अनुदानबाट २ करोड, विशेष अनुदानबाट १२ करोड, समपुरक अनुदानबाट २० करोड, राजस्व बाँडफाँडबाट ३ करोड ८२ लाख ३९ हजार अनुदान प्राप्त हुने उल्लेख छ । महानगरको कुल बजेटमध्ये प्रशासनिक खर्च २ अर्ब १५ करोड ४५ लाख रहेको छ भने सांसद विकास कोषबाट १४ करोड, पुँजीगत खर्च ४ अर्ब ७० करोड ९९ लाख ६० हजार रुपैंया रहेको छ ।

पुर्वाधार तर्फ महानगरले शहर तथा पहाडी क्षेत्रका कनेक्टिभिटी शहर बनाउन ७२ करोड ४० लाख ३८ हजार रुपैंया बिनियोजन गरेको छ । भोटिखोला मोटरेबल पुल, घोरकुना मोटरेबल पुल, फिर्केखोला पुललाई गरि २३ करोड २८ लाख रुपैंया बिनियोजन गरिएको छ । सडक सुरक्षलाई उच्च प्राथमिकतामा राख्दै सिर्जनाचोकमा आकाशे पुललाई आगामी वर्षमा आगामी आर्थिक वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । पोखराका सडकमा पार्किङलाई निरुत्साहित गर्दै सार्वजाकि नीजि साझेदारीमा पार्किङ निर्माण गर्ने वजेटमा उल्लेख छ ।

सार्वजानिक यातायातमा इ–टिकेटिङ लागु गर्ने, महेन्द्रपुल, पृथ्वीचोक सभागृहचोकमा ट्राफिक लाइटका लागि ३ करोड बिनियोजन गरिएको छ । सेतिको गर्जलाई साहसिक पर्यटक पुर्वाधार निर्माण, सराङकोट पर्यटन पुर्वाधार निर्माण, पातलेछागोमा सिसाको पुल निर्माण गर्ने योजना महानगरपालिकाको रहेको छ । महानगरमा डिजिटल सिटि गुरुयोजना निर्माणका लागि ४० करोड रुपैंया बिनियोजन गरिएको छ । पोखराको भुउपयोग नीति अध्याबधिक गरि नक्साङ्कन गर्न ४ करोड रुपैंया बिनियोजन गरिएको छ । महहानगरले पोखराको बसपार्क व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारबाट सहकार्य गरेर लामेआहालमा बसपार्क निर्माणका लागि समपुरक कोषको व्यवस्थापन गरेको छ ।

महानगरपालिकाको ३३ स्थितमा पुडींमा औद्योगिक क्षेत्र स्थापन गर्ने, सडकमा रहेका विद्युत टेलिफोन तथा इन्टरनेटका तारहरुलाई अन्डर ग्राउन्ड गर्ने, ग्रामिण शहरलाई स्तरोन्नति गर्न ३ करोड बिनियोजन गरिएको छ । ३३ वटै वडामा वडास्तरिय विकासका लागि ३६ करोड ४० लाख रुपैंया विनियोजन गरिएको छ । फेवातालको जलाधार क्षेत्रलाई संरक्षणका लागि प्रदेश सरकारको सहकार्यसँग फेवातालमा सिल्ट्रसन ड्याम, जलाधार क्षेत्र संरक्षणका क्षेत्रको आयोजनाको ३३ करोड ७९ लाख ४३ हजार बिनियोजन गरिएको छ ।

एक वडा एक फलफुल बगैंचा कार्यक्रमको १ करोड २० लाख, ढल निकास गुरुयोजना तयारीका लागि २ करोड, सराङकोट, कास्कीकोट, भदौरे, पुम्दीभुम्दी जोडने पैदल मार्ग र दिपाङ ताल लगायतका स्थानमा पैदलमार्ग निर्माणको २ करोड रुपैंया बिनियोजन गरिएको छ । बर पिपल चौतारा संरक्षण, काउँधरहरा खुलाकोट पर्यटन पुर्वाधारको आवश्यक बजेट छुट्टाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू