अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

तङ्ग–इल मो–दो सङ्घ काभ्रे जिल्ला समिति गठन

बिआरटीनेपाल २०७६ असार ६ गते ८:२९ मा प्रकाशित

काभ्रे । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो सङ्घ काभ्रे जिल्ला शाखाको कार्यसमिति पुनर्गठन गरिएको छ । बुधवार काभ्रेको बनेपामा भएको भेलाले तङ्ग–इल मो–दो सङ्घ नेपालका महासचिवबिष्णु गिरीको उपस्थतीमा भएको कार्यक्रमले शिवराम सिलवालको नेतृत्वमा ९ सदस्सीय कार्य समिति गठन गरेको हो ।

सङ्घ काभ्रे शाखाको उपाध्यक्षमा सुशील अधिकारी, सचिवमा सुमिन लामा कोषाध्यक्षमा सुनिल श्रेष्ठ सदस्यहरूमा मन्दीरा सुवाल, प्रमीला हुमागाई, मोहन लामा,उरगेन तामाङ्घलाई भएका छन् ।

तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको छ महासचिव विष्णु गिरीले बताए उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको मध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्त्वपूर्ण योगदान रहने बताए ।

गिरीले तङ्ग ईल मोदो खेल विश्व प्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्व भरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

तङ्ग–इल मो–दो सङ्घका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन सङ्घ लागेको उल्लेख गरे । सो अवसरमा तङ्ग–इल मो–दो सङ्घका केन्द्रीय सचिव रवि पराजुली, केन्द्रीय सदस्य ढुण्डी राम खनाल र हिम बहादुर गुरुङ लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू