अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

नेपालका लागि बङ्गलादेशका महामहिम राजदूतको सम्मान

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ३:४८ मा प्रकाशित

लाेककवि अलि मियाँ प्रतिष्ठानले २०७६ जेठ ३० गते नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरेको सम्मान एवं साहित्यिक समारोहमा नेपालका लागि बङ्गलादेशका महामहिम राजदूतलाई सम्मान गर्‍यो । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, नेपालका लागि बङ्गलादेशका राजदूत, अनेसास अध्यक्ष राधेश्याम लेकाली, प्रतिष्ठानका अध्यक्ष हनिफ मिया अन्सारी, समाजसेवी धर्मराज बराल, राजनीतिज्ञ हरिबोल भट्टराई, नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्र ढकाल, साहित्यकारहरू राजेन्द्र गुरागाइ, दिनदयाल रिजाल आदिले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा मेरठ लिटरेरी फेस्टिवल का प्रमुख डा. विजय पण्डित, साहित्यकार पवन आलोक, डा. श्वेता दीप्ति, अनेसास कोलकाता च्याप्टरका अध्यक्ष गणेश प्रधान, सच्चिदानन्द मिश्र, पुनम झा, दिलकुमारी पन्तलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू