अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

अस्ट्रेलियाको र्‍याम्पमा उत्तम बनेपाली र नीति शाह

बिआरटीनेपाल २०७६ जेठ १४ गते १९:५० मा प्रकाशित

सिडनी । अस्ट्रेलियाको सिड्नी सहरमा शुक्रवार चर्चित नेपाली फेशन डिजाइनर उत्तम बनेपालीको डिजाइनमा तयार भएको दर्जनौँ आकर्षक पहिरनहरूमा सजिएर सिड्नीमा रहेका नेपाली मोडलहरूले र्‍याम्प नापेका छन् । 

आफ्नो अढाई दशक लामो फेशन डिजाइनिंग क्यारियरमा पहिलो पल्ट नेपाल बाहिर आफ्नो एकल डिजाइनमा फेशन डिजाइनर उत्तम बनेपालीको एकल फेशन सो “योर स्टाइल फेशन नाइट २०१९” आयोजना भएको हो ।

रेट्रो, ट्रेडीशनल, क्याजुअल, लेहेंगा, पार्टीवेयर लगायतको ६ वटा सिक्वेन्समा १९ जना पुरुष तथा महिला मोडलहरूको र्याम्पवाकले हल दर्शकहरूको तालीले गुन्जायमान भएको थियो ।

शोको अन्त्यमा प्रमुख आकर्षण चर्चित मोडल तथा मिस नेपाल इन्टरनेसनल २०१७ नीति शाह आकर्षक लेहंगामा सोस्टपरको रूपमा र्‍याम्पमा उत्रेका थिए । उनीसँगै फेशन डिजाइनर उत्तम बनेपालीले पनि र्‍याम्पमा ओर्लिए ।

इम्पायर एजुकेसन र इजी होमको प्रस्तुति र अस्ट्रेलियाको प्रदीप कँडेल, स्वतन्त्र प्रताप शाह र योर स्टाइल अस्ट्रेलियाले आयोजना गरेको “योर स्टाइल फेशन नाइट २०१९ “को इभेन्ट म्यानेजमेन्ट नमित चन्द ठकुरी, कोरियोग्राफी नीराजन लुइँटेल र कार्यक्रम सञ्चालन उषाकिरण बारियाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू