अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

पदम विश्वकर्माको कथा सङ्ग्रह तमसुकको लोकार्पण सम्पन्न

बिआरटीनेपाल २०७६ जेठ ५ गते ९:१५ मा प्रकाशित

काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा शिखा बुक्स र अन्तर्राष्ट्रिय साहित्य समाज नेपालको आयोजनामा कथाकार पदम विश्वकर्माको कथा सङ्ग्रह तमसुकको लोकार्पण सम्पन्न भयो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ माया ठकुरी हुनुहुन्थ्यो । भव्य कार्यक्रमकाबीच प्रमुख अतिथि ठकुरी, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली. प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल, कथाकार तथा अनेसासका निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, नेपाल लघुकथा समाजका अध्यक्ष तथा पत्रकार श्री ओम श्रेष्ठ रोदन, समालोचक ज्ञानु अधिकारी साहित्यकार दामोदर पुडासैनी, अनेसास नेपालकी महासचिव सन्ध्या पहाडी र प्रकाशक पुष्पराज पौडेलले लोकोपर्ण गर्नुभयो । 

पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कथामा परिवेश, पात्रको राम्रो छनोट रहेको कथाकारले राम्रो मेहनत गरेको बताउनु भयो । अर्का वक्ता श्री ओम श्रेष्ठ रोदनले पदम विश्वकर्माको कथा पढ्दा आफै रोमाञ्चित भएको भन्दै कथा सङ्ग्रहमा सबै पाठकहरूलाई पढ्न सिफारिस गर्दछु भन्नुभयो । यसै गरी अनेसासको केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले अनेसासले गरेका कार्य विवरण र लोकार्पण पुस्तक तमसुकको सफलताको शुभ कामना व्यक्त गर्नु भयो । लेखक विश्वकर्माले आफ्नो पहिलो कथा सङ्ग्रह भएकोले यसको प्रतिक्रियाको पर्खाइमा रहेको बताउनु भयो । र आफू सधैँ साहित्य साधनामा लागी रहने बताउनु भयो ।

प्रकाशक पुष्पराज पौडेल धन्यवाद ज्ञापन गर्दै अब नेपाली साहित्यका पुस्तकहरूलाई अन्तर्राष्ट्रिय बजार बनाउन अनेसासलाई अनुरोध गर्नुभयो । कार्यक्रम अनेसास नेपालकी महासचिव सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो । कथाकार तथा अनेसासका निवर्तमान अध्यक्ष पदम विश्वकर्मालाई अनेसास नेपाल च्याटर र वागमती च्याटरको तर्फबाट सम्मान गरिएको यो । कार्यक्रमको सञ्चालन अनेसास नेपाल कार्यसमिति सदस्य गीता मैनालीले गर्नु भएको थियो । शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकको मूल्य रु. ३०० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू