अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

आस्थामा अडेको प्रेम

विष्णु सिंह (बैजु) २०७६ वैशाख २७ गते १६:३३ मा प्रकाशित

कति बादल गर्जे,
कति बर्षात आए।
न उनको खबर आयो,
न उनी नै फर्के।

के त्यस्तो आस्था,
के त्यस्तो विश्वास,
अझै चलिरहेको छ,
उनको यो पर्खाइ ।

कुर्दा कुर्दै कति समय बिते,
हेर्दै रातको जुनलाई।
अब त साथीसंगी भन्न थाले,
“बिर्सी देऊ उनलाई।”

तर पर्बाह छैन उनलाई,
कसले के के भन्छन्।
आस्था हुने मानिस,
आफ्नो विश्वासमा अडछ्न ।

“देशमा गरी खाने केही रहेन,
त्यसैले भविष्यको लागि
विदेश न ग ई भएन।”

“राम्ररी घरको हेरचाह गर्नु,”
भन्दै बिदेशिएका उनी ।
आस्थामा अडिएको उनको प्रेम,
कुर्छिंन उनी यस जुनी ।

सम्झी मिठा कुरा उनको
मन त्यसै भक्कानिन्छ ।
“परिवारको जिम्मा तिम्रो” भन्दै,
अन्तिम रात ललाट्मा चुमेको ।

संस्कारयुक्त नेपाली नारी,
विषम परिस्थिति सहने ।
मौसम हैन उनको प्रेम,
जो धैर्य नगरी बदली रहने ।

प्रतिक्रिया