अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

‘नेपाली शब्दसागर’ का लेखक बसन्तकुमार शम्मा नेपालको निधन

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:५१ मा प्रकाशित

वरिष्ठ साहित्यकार बसन्तकुमार शम्मा नेपालको निधन भएको छ । विभिन्न रोगबाट थलिनुभएका बरिष्ठ साहित्यकार शम्माको ९७ वर्षको उमेरमा कुमारीगालस्थित निवासमा आज निधन भएको हो । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक शम्माका दर्जनौं साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् ।

उहाँले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष सयम व्यतित गर्नुभएको थियो । विसं १९८४ को रामनवमीको दिन महारागन्जमा जन्मुनुभएका शम्मा संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर हुनुहुन्छ । शम्मा रत्नराज्य क्याम्पस, पशुपति क्याम्पसलगायतका शैक्षिक संस्थाको संस्थापक समेत हुनुहुन्थ्यो । उहाँका श्रीमतीसहित चार छोरा र तीन छोरी छन् ।

नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषदमा बृहत नेपाली शब्दकोशका सहायक सम्पादक तथा संक्षिप्त संस्कृत–नेपाली शब्दकोशका सम्पादक रहेर समेत काम गर्नुभएका उहाँ कुनै वेला नेपाल प्रज्ञा प्रतिष्ठान गद्य साहित्य विभाग तथा विदेशी साहित्यकार सम्पर्क समितिका सचिव हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू