अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान डिक्रा वादीलाई प्रदान गरिने

पुष्पा खनाल २०७५ चैत २८ गते ९:४९ मा प्रकाशित

नेपाल स्रष्टा समाजले वर्ष २०७६ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान गायिका तथा सामाजिक अभियन्ता डिक्रा वादीलाई प्रदान गर्ने भएको छ ।
सुदूर पश्चिम बाजुरामा जन्म भई हाल कञ्चनपुरमा बसोबास गर्ने डिक्रा देउडा गीतकी प्रसिद्ध गायिका तथा संस्कृतिकर्मी हुनुहुन्छ । उहाँले नेपालका बादीसमुदायलाई सामाजिक रूपान्तरणका लागि समेत एक अभियन्ताको रूपमा कार्य गर्दै आउनुभएको छ ।
यस सम्मानका लागि समाजको गत चैत्र ८ गते बसेको बैठकले प्रसिद्ध महिला अधिकारकर्मी तथा लेखक दुर्गा घिमिरेको संयोजकत्वमा वरिष्ठ पत्रकार राजेश खनाल तथा स्रष्टा पुष्पा खनालसहितको एक सिफारिस समिति गठन गरेको थियो । सम्मानका लागि यही चैत्र २५ सम्ममा समितिलाई प्राप्त दर्जनौँ“ नामहरूमा समितिले छानबिन गरी श्री डिक्रा वादीको नाम सिफारिस गरेको हो ।

एक सम्मान पत्र र रू एघार हजार एक सय एघारको राशिसहितको यो सम्मान दमन्ता खनालको जन्मजयन्तीका अवसरमा २०७६ वैशाख ९ गते एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ । यो सम्मान गत वर्ष २०७५ का लागि श्री सिर्जना शर्मालाई प्रदान गरिएको थियो । 

सम्बन्धित सामग्रीहरू