अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

बिआरटीनेपाल २०७५ पुष १३ गते ८:४९ मा प्रकाशित

लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार निधन भएको छ । लामो समयदेखि पक्षघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको ६३ वर्षको उमेरमा शुक्रबार दिउँसो १२ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको हो ।

‘‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’…, घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर’…, जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय अस्वस्थ भएर उपचार गराईरहनु भएको थियो । उहाँको पार्थिव शरिरको आजै दाहसंस्कार गरिएको छ । स्वर्गीय लामिछानेका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू