अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

नेकपाको स्थायी समितिको बैठक आज

बिआरटीनेपाल २०७५ मंसिर २८ गते २०:०८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाइएको बैठकमा पार्टीभित्रको जिम्मेवारी विभाजन र सरकारको कामकारवाहीका विषयमा छलफल हुनेछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी गराए ।

बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने उनले जानकारी गराए ।

यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।

स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन । शनिबार बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पुर्‍याउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू