अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

नारायणगोपाललाई राष्ट्रिय विभूतिको सूचीमा राख्न माग

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ८:१४ मा प्रकाशित

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २८ औं स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । नारायणगोपाल संगीत कोषले बुधबार काठमाडौंमा आयोजना गरेको स्मृति दिवसमा संगीत क्षेत्रमा विशेष योगदान र्पुयाउने ६ जना स्रष्टाहरुलाई नगद पुरस्कारसहित नारायणगोपाल विशेष सम्मान प्रदान गरिएको छ ।

सम्मानित हुनेहरुमा गायक तथा संगीतकार कर्म योञ्जन, गीतकार नीर शाह, दीर्घ्सिंह बम, विश्वम्भर प्याकुरेल, राजेन्द्र रिजाल र दिनेश अधिकारी रहनुभएको छ । कार्यक्रममा बोल्दै सम्मानित स्रष्टाहरुले नारायणगोपालले नेपाली संगीत क्षेत्रमा दिएको योगदानकाबारेमा चर्चा गर्दै उहाँलाई राष्ट्रिय विभूतिको सूचीमा राख्न सरकारसित माग गरेका थिए ।

कार्यक्रमका अरु सहभागीहरुले नारायणगोपाल नेपालीको ढुकढुकीमा बाँचीरहने एक अदभूत प्रतिभा रहेको बताएका छन् । कार्यक्रममा विभिन्न कलाकारहरुले नारायणगोपालले गाएका गीतको सांगीतिक प्रस्तुति दिएका थिए । यसैवीच, नारायणगोपाल संगीत कोषले ६ करोड रुपैयाँको लागतमा चाँडै नै गीत–गंगा नामक हल निर्माण गर्ने जनाएको छ ।

प्रतिक्रिया