अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

संयुक्त अरव इमिरेटेस् का जेलमा ७८ जना नेपाली भेटिए

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ३:२६ मा प्रकाशित

संयुक्त अरव इमिरेटेस् (युएई) का दुई जेलमा ७८ जना नेपाली रहेको पाईएको छ । नेपाली दूतावास युएईका प्रतिनिधिले गएको दुई दिनमा सारजहा र दुबईका जेलमा रहेका नेपालीलाई भेटेका छने । युएईका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न दूतावासका प्रतिनिधिले जेलमै पुगेर भेट गरेका थिए ।

यो वर्षमा दोस्रो पटक सुरु गरेको जेल भ्रमण अभियान अन्तर्गत दुतावास प्रतिनिधि टोली गएको बुधवार युएईको सारजाह जेल पुगेको थियो । सारजाह जेलमा ३ जना महिला र ७ जना पुरुष रहेका दूतावासले जनाएको छ । त्यस्तै दुबईको अल अविर सेन्टर जेलमा ४ जना महिला र ६४ जना पुरुष सहित ६८ जना नेपालीले जेल जीवन बिताइरहेको दुतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णु अधिकारीले जानकारी दिनुभयो ।

यूएईका सात वटा राज्यमा रहेका ८ वटा कारागारमा जेल जीवन बिताइरहेका नेपालीको मुद्दा, उनीहरुमाथि लागेको आरोप र अवस्थाबारे जानकारी लिने र गर्न सक्ने कानुनी सहजीकरणका लागि योजना बनाउन दूतावासले जेल भ्रमण अभियान सुरु गरेको हो । युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलका अनुसार दुतावास टोली आउँदो हप्तादेखि बाँकी रहेका अरु ६ वटा जेलमा निरिक्षणका लागि पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू