अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९
| Colorodo: 01:04
काठमाडौँ, काठमाडौँ महानगरपालिका–३१ ले कामलाई थप प्रभावकारी बनाउन सात सदस्यीय विज्ञ समूह गठन गरेको छ ।
तेजबहादुर ढकालको संयोजकत्वमा प्रा डा जीवेन्द्रदेव गिरी, केशव घिमिरे, गोविन्द गौतम, ई धनबहादुर सापकोटा, जीवनाथ पोखरेल र अधिवक्ता केदार कोइरालासहितको समूह गठन गरिएको हो । विज्ञ समूहले जनताको समस्या के हो जानकारी लिने, समस्या समाधान गर्नतर्फ वडा कार्यालयलाई घच्घच्याउनेजस्ता कार्य गर्नुपर्ने वडाध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका समयमा जनतासामु गरिएका धेरै प्रतिबद्धता पूरा गर्न शुरु गरिसकेको र बाँकी अन्य काम पनि तत्काल गर्ने तयारीमा कामपा रहेको जानकारी गराउनुभयो । महानगरको मुख्य समस्याका रुपमा रहेको फोहर व्यवस्थापन र सार्वजनिक कुकुर व्यवस्थापनको माग गरिएको थियो ।