अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

विदेशीले नेपाल घुम्दा गर्ने खर्चभन्दा नेपालीले विदेश घुम्दा गर्ने खर्च बढी

बिआरटीनेपाल २०७५ मंसिर ११ गते ८:४९ मा प्रकाशित

नेपाल भ्रमणका आउने विदेशीले भन्दा विदेश भ्रमण गर्ने नेपालीले गर्ने खर्च वढि देखिएको छ । पछिल्लो तीन महिनामा विदेशी पर्यटकले नेपालमा गरेको खर्च र नेपालीले विदेशमा गरेको खर्चले पर्यटनको नयाँ तस्वीर देखाएको हो । विदेशीले नेपालमा गर्ने खर्च भन्दा हामी नेपाली विदेशमा घुम्न जादा धेरै खर्च गर्छौं ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याकं अनुसार साउनदेखि असोजसम्म पर्यटकले नेपालमा १३ करोड ७७ लाख अमेरिकी डलर अर्थात झण्डै १५ अर्व रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकका अनुसार यीनै तीन महिनामा बिदेश घुम्न जाने नेपालीहरूले २५ करोड ९२ लाख डलर अर्थात झण्डै २९ अर्व रुपैयाँ खर्चिएका छन् ।

पहिल्लो तीन महिनाको तथ्याकंले त झन् विदेशीले पर्यटकले नेपालमा गर्ने खर्च घटिरहेको र नेपालीले विदेशमा गर्ने खर्च बढिरहेको देखाएको छ । अघिल्लो वर्षको तुलनामा नेपालमा विदेशीले पर्यटकले गर्ने खर्च ४.३ प्रतिशतले घटेको छ। नेपालीले विदेशमा घुम्न जाँदा गर्ने खर्च भने २७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यी तीन महिनामा नेपालीले घुम्न जाँदा २० करोड डलर मात्र खर्चिएका थिए ।

यसको अर्थ नेपालको बैदेशिक ब्यापार जस्तै पर्यटन पनि खुद घाटामा चलिरहेको छ। हामी जति सामान बाहिर निर्यात गर्छौ त्यसको १६ गुणा बढी आयात गर्छौ । पर्यटनमा पनि विदेशीले भन्दा हामीले विदेशमा धेरै खर्च गरे पछि नेपालको वैदेशिक मुद्रा आर्जनको एउटा मात्र बलियो बाटो रेमिटेन्स भएको छ।

यसले गर्दा अर्थतन्त्रमा रेमिटेन्सको निर्भरता झनै बढेको छ । नेपाली बिदेश घुम्न जाने प्रचलन बढ्दै गएपछि उनीहरुले पाउने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकले घटाएको छ। पहिले प्रति व्यक्ति २५,०० डलर दिने गरेकोमा अहिले सो सीमा १५,०० मा झारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू