अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 05:35

पलको दिल जलाउने एलिशा (भिडियो)

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ९:१९ मा प्रकाशित

काठमाडौँ : मिलन खालिङ राईको स्वर रहेको नयाँ गीत ‘दिलै यो जलाई’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा पुष्प अधिकारी ‘एन्जल’को शब्द तथा दीपेन्द्र थिङको सङ्गीत सुन्न सकिन्छ। गीतको एरेन्ज सुमन केसीले गरेका छन्। मिलनले यसै गीतबाट गायनमा डेब्यु गरेका छन् ।

शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन्। रजिव समरको कोरियोग्राफी रहेको भिडियोमा पल र एलिशाको बिछोडको पिडालाई देखाइएको छ।

महेन्द्र खालिङ राईको प्रस्तुतिमा निर्माण भएको भिडियोमा बुद्ध थापाको छायाङ्कन रहेको छ। अर्जुन तिवारीको डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया